April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनए डे भब्य रुपले मनाइने, प्रधानमन्त्री देउवालाई प्रमुख अतिथिको निम्ता

5.6K

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले आफ्नो स्थापना दिवस मनाउने तयारी गरेको छ । एनआरएनएको प्रतिनिधि मण्डलले मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवालाई गैरआवासीय नेपाली दिवसमा प्रमुख अथितिको रुपमा निमन्त्रणा गरेको छ ।

एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले अक्टोबर महिनामा हुन गैरहेको एनआरएन डे, साधारणसभा तथा लगानी सम्मेलनमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्रीलाई आमन्त्रण गरिएको जानकारी दिए । गैरआवासीय नेपाली संघका संसारभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघले हरेक बर्ष अक्टाबेर ११ का दिन गैरआवासीय नेपाली दिवस मनाउँदै आएको छ ।

अक्टोबर ११ लाई नेपाल सरकारले गैरआवासीय नेपाली दिवस (एनआरएन डे) भनेर घोषणा गरेपश्चात नेपालमा हरेक बर्ष गैरआवासीय नेपाली दिवस भब्यरुपले मनाउने गरिन्छ भने संसारभर छरिएर रहेका नेपालीहरुले आफु रहेका सम्बन्धित देशमा समेत यो दिवस मनाउने गर्दछन् । यस बर्षको गैरआवासीय नेपाली दिवस (एनआरएन डे) अक्टोबर ११ तारीख विविध कार्यक्रम गरि काठमाडौमा मनाइदैछ ।

Advertisement

कार्यकारी अध्यक्ष आचार्यका अनुसार ‘एनआरएन डे’ मूल समारोहको प्रधानमन्त्री देउवाले उदघाटन गर्ने साथै एनआरएनएका मुद्दाहरु नागरीकता विधेयक, एनआरएन लगानी, पर्यटन प्रवद्र्धन, वैदेशीक रोजगार सम्बन्धि उद्धार कार्यक्रम विदेशमा बस्ने नेपालीलाई मतदानको सुनिश्निता, गैरआवासीय नेपालीको अनुभव, ज्ञान, सीप, विज्ञान तथा प्रविधि सम्बन्धि कार्यपत्रहरुमा छलफल समेत गरिने बताइएको छ । अध्यक्ष आचार्यले विश्वभर छरिएका एनआरएनएहरुलाई ‘एनआरएन डे’ भब्य रुपमा मनाउन अपील पनि गरेका छन् ।