April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विश्वविद्यालय प्राध्यापक तथा विद्यालय शिक्षक एसोसिएसन नेपालको अध्यक्षमा वान्तवा

1.6K

काठमाडौं । विश्वविद्यालय प्राध्यापक तथा विद्यालय शिक्षक एसोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले रामकुमार बान्तवाको अध्यक्षतामा एक सय तीन सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

सम्मेलनमा प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रमेश हमालले विश्वविद्यालय र विद्यालयका सबै अध्यापकहरू सिकाइको एउटै प्रक्रियामा रहने हुँदा भिन्नता नरहेको बताए । उनले विश्वविद्यालय प्राध्यापक तथा विद्यालय शिक्षक एसोसिएसनले सबैलाई एकीकृत गर्ने बताए ।

सम्मेलनको शुभकामना प्रदान गर्दै प्रगतिशील राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष, नेपाल बुद्धिजीवी परिषद् (समाजवादी)का बरिष्ठ उपाध्यक्ष सीताराम घले परियार, अर्थविद् प्राडा भीमप्रसाद न्यौपाने, सभासद् पुष्पा कर्ण, एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालका अध्यक्ष प्राडा गोविन्द सुवेदी लगायत वक्ताहरूले उष्ठान सँगको ऐक्यबद्धता सहित सम्मेलनको सफलताको शुभकामना दिएका थिए ।

Advertisement

कार्यक्रमका विशेष अतिथि पेसागत महासंघ नेपालका संयोजक तथा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य प्रेमलकुमार खनालले पेसागत प्रतिबद्धता सहितको ट्रेड युनियन अधिकारका लागि विभिन्न शैक्षिक संस्थाका शिक्षक तथा प्राध्यापकले सक्रियता र एकता देखाउनुपर्ने बताए ।

नवनिर्वाचित केन्द्रीय समितिलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना दिँदै पार्टी स्थायी कमिटी सदस्य विश्वनाथ प्याकुरेलले शैक्षिक एजेण्डा बोकेर अघि बढ्न सुझाव दिए ।