November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

उपराष्ट्रपति पुनले सरकारी निवास छाडे, आफ्नै घरमा सरे

1.7K

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ समयअघि नै उपराष्ट्रपतिको निजी निवास छाडेका छन् । शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदै गर्दा उनले नयाँ उपराष्ट्रपति निर्वाचित हुनुअघि नै सरकारी निवास छाडेका हुन् ।

उनी बिहीबार दिउँसो राष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका हुन् । उनी दिउँसो १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।

नेपालको संविधान बमोजिम चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेको सन्दर्भमा उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाई सहजताका लागि पुनले बिहीबारै निवास छाडेको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिएका छन् ।

Advertisement

नयाँ उपराष्ट्रपतिले पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण नभएसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै उपराष्ट्रपतिको कार्यालय पुग्नेछन् ।