November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको महाधिवेशन शुक्रबारदेखि

1.4K

काठमाडौ । नेपाल विद्युत प्राधिकरणमा क्रियाशील एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११औ महाधिवेशन शुक्रबारबाट काठमाडौमा सुरु हुँदैछ ।

महाधिवेशनमार्फत १७ पदाधिकारीसहित १२१ जनाको केन्द्रीय कार्यसमिति चयन हुनेछ । हाल युनियनको नेतृत्व रामकुमार थेवेले गर्दै आइरहेका छन । दुई दिन चल्ने महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी ५३५ जना सहभागी हुँदैछन ।

११औं महाधिवेशनको उद्घाटन पुर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । महाधिवेशनको सम्पुर्ण तयारी पूरा भएको तथा युनियनको कार्यसमिति निर्बिरोध चयन गरिने युनियनका सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख कपिल गौतमले जानकारी दिए।

Advertisement

गौतम महाधिवेशनमा महासचिवको दावेदार हुन । उनी २०७० सालदेखि निरन्तर रूपमा युनियन सचिवको जिम्मेवारीमा छन ।