November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

राष्ट्रपतिले खुवाए सांसदहरुलाई चिया, जिम्मेवारीमा इमान्दार बन्ने प्रण

1.3K

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद तथा प्रदेश सभाका सांसदहरूका लागि चियापान कार्यक्रम गरेका छन् । शीतलनिवासमा राष्ट्रपति पौडेलले भेटघाट तथा चियापान कार्यक्रम गरेका हुन ।

शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा मत हाल्न काठमाडौं आएका प्रदेश सांसदहरू लगायतलाई चियापानमा सरिक गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ। चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी छन्।

सो क्रममा राष्ट्रपति पौडेलले राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहने प्रण गरेका छन् ।

Advertisement

संवोधनका क्रममा नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वाधिनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने उल्लेख गर्दै राष्ट्रपति पौडेलले राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने बताएका छन् ।