निर्वाचन समितिको प्रेस मीटमा बोलाएर बोल्न नदिएपछि एनपीसीसी यूकेका सदस्यहरु क्रुद्द
लण्डन – नेपाली जनसम्पर्क समिति बेलायतका सदस्यहरुले गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो बिचार राख्न नपाएपछि असन्तुष्टि जाहेर गरेका छन् । गत शनिबार आयोजित एक भर्चुअल प्रेस मीटमा नेपाली जनसम्पर्क समिति बेलायतमा आवद्द सदस्यहरु बोल्ने समयमा निर्वाचिन समितिका सदस्य सचिव कर्ण शाहीले नियोजित रुपमा जूम म्युट गरी आफूहरुलाई बोल्न बञ्चित...