काठमाडौ । शनिबार पोर्चुगलमा एनआरएनका दुई समानान्तर समूहबीच झडप भएको छ । आफू नै आधिकारिक भएको भन्दै दुई समूहबीच झडप भएको हो ।
सुरूदेखिनै विवादमा रहेको पोर्चुगलको एनआरएनमा हिजो भएको झडपमा केही गम्भीर घाइतेसमेत भएका छन् । समयमै प्रहरी पुगेर थप क्षति हुन पाएन ।
शनिबारको झडपपछि पोर्चुगलका एनआरएन सदस्यले यी दुबै समानान्तर समिति नै विघटन गर्नुपर्ने माग गरेको छन् । आफू–आफू लड्नेले समाजमा काम कसरी गर्छन् ? यस्तो एनआरएन हामीलाई चाहिँदैन, मान्छे पिट्न पाईदैन भन्दै पोर्चुगलका नेपाली आक्रोशित भएका छन् ।
पोर्चुगलमा हालसम्म एनआरएनका कुनै पनि समूहले आधिकारिकता भने पाएको छ्रैन ।