एमालेलाई एकीकृत समाजवादी बास्ना आउन थालेको छः माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई एकीकृत समाजवादी बास्ना आउन थालेको बताएका छन् । आज शनिबार काभ्रेको बनेपामा पार्टीको १०औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समय र परिस्थितिले एमालेका नेताहरूलाई एकीकृत समाजवादी बास्ना आउने अवस्थामा ल्याइ पु¥याएको बताएका हुन् । माओवादीसहितको नयाँ गठबन्धनमा सहभागी भएको समाजवादीलाई सरकारमा आउन एमाले अध्यक्ष...