April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

निर्वाचनको तयारीमा जुट्ने नेकपा एसको निर्णय

965

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको छ । सोमबार सकिएको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधिसभाको निर्वाचनका लागि तयारीमा लाग्ने बताएको हो ।

समाजवादीको निर्णयमा भनिएको छ, ‘निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदै निर्वाचनको तयारीमा जुट्ने ।’

निर्वाचन आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावलीमा उमेर पुगेका नयाँ मतदाताहरुको नाम दर्ताको काम अघि बढाइरहेकोले उक्त प्रक्रियामा सहभागी हुन सबैसँग अपिल गर्दै सो काममा सक्रियरुपमा लाग्न पार्टी र जनवर्गीय संगठनका सबै कमिटीहरुलाई निर्देश गर्ने पनि निर्णयमा उल्लेख छ ।

Advertisement

समाजवादीको असोज २९ केन्द्रीय समितिको भर्चुअल बैठक गरी आवश्यक निर्णय गर्ने जनाएको छ ।