अब हामी प्रस्ट रुपमा समाजवादको बाटोमा अघि बढ्छौं: मन्त्री प्रकाश ज्वाला
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नेकपा (एकीकृत समाजवादी) पार्टीको विचार प्रष्ट भएको बताएका छन् । शनिबार युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरुसँग समृद्ध र प्रष्ट विचार भएको बताएका हुन् । उनले भने, ‘कतिपय साथीहरुले पार्टीको नीति विचार प्रष्ट भएन, अन्योल भयो, हामी जनतामाझ के लिएर जाने ?...