March 14, 2026, Saturday
२०८२ फाल्गुन ३०
1:37:26 pm

आदिवासी जनजाती महासंघ समाजवादीको झापा जिल्ला अध्यक्षमा सन्तोष इजम

2.6K

बिर्तामोड । नेकपा एकीकृत समाजवादी पार्टी सम्बद्ध नेपाल आदिवासी जनजाती महासंघ समाजवादीको झापा जिल्ला भेलाले सन्तोष इजमलाई जिल्ला अध्यक्षमा चयन गरेको छ ।

शनिवार बिर्तामोडस्थित पार्टी कार्यालयमा सम्पन्न भएको भेलाले सतासीधामका सक्रिय युवा इजमलाई जिल्ला अध्यक्षमा चयन गरेको पार्टीका उप–सचिव नवीन इजमले जानकारी दिए ।

महासंघका झापा जिल्ला इन्चार्ज एवम् केन्द्रीय सचिव अर्जुन मेचेको अध्यक्षतामा भएको भेलाले जिल्ला कमिटीको उपाध्यक्षमा इन्दु खवास र पोलाहाङ साम्सोहाङ, सचिवमा टिकबहादुर लिम्बु, सह–सचिवमा सरस्वती लिम्बु, भोला मेचे, बालकृष्ण आलेलाई चयन गरेको छ ।

Advertisement

त्यसैगरी सदस्यहरुमा मोती दनुवार, ओम मगर, पूजा राजवंशी, श्याम राजवंशी, राम मुखिया, सरला राजवंशी, सुजाता लिम्बु चयन भएका छन् ।

भेलामा प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य निलमणि बरालले कमिटीलाई आदिवासी जनजातीहरुलाई आफ्नो हक अधिकारका लागि सक्रिय भएर लाग्न र राजनीतिक हक प्राप्तिका निम्ति संगठित हुन आग्रह गरेका थिए ।

सोही भेलालाई सम्बोधन गर्दै महासंघका कोशी प्रदेश कमिटीका अध्यक्ष टेकबहादुर तामाङले आदिवासी जनजातिहरुको पक्षमा आवाज बुलन्द गर्ने एकमात्र पार्टी नेकपा एकीकृत समाजवादी रहेका कारण यसमा संगठित भएर लाग्न अनुरोध गरेका थिए ।

भेलाको संचालन महासंघका प्रदेश सचिव सानुकुमार लामाले र स्वागत मन्तव्य पार्टीका जिल्ला उप–सचिव नवीन इजमले गरेका थिए । भेलामा पार्टीका प्रदेश कमिटी सदस्यहरू तीर्थ सिग्देल, दुर्गा आचार्य, प्रभुराम राजवंशी, सोमनाथ गुरागाई, देबीप्रसाद अधिकारी, जिल्ला उपाध्यक्ष प्रत्युष राना, जिल्ला सचिव वीपी भट्टराई, उप–सचिव पदम लिम्बु र महासंघका प्रदेश सह–सचिव भीम लिम्बुको आतिथ्यता रहेको थियो ।