April 13, 2025, Sunday
२०८१ चैत्र ३१
1:37:26 pm

गण्डकी प्रदेशमा एमालेका चार मन्त्रीले लिए शपथ

1.1K

काठमाडौं । गण्डकी सरकारमा नियुक्त भएका एमालेका चार जना मन्त्रीले शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरू पद्यमा जिसी, मित्रलाल बस्याल, कृष्ण पाठक र प्रकाश केसीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराएका हुन् । उनीहरुलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्री नियुक्त गरेका थिए ।

एमाले गण्डकीका संसदीय दलका नेता खगराज अधिकारीले मन्त्रीको नाम दिएपछि मुख्यमन्त्री पाण्डेले नियुक्त गरेका थिए ।

एमालेबाट मन्त्री नियुक्त भएसँगै गण्डकीमा मन्त्रीहरुको कार्यविभाजन पनि भएको छ । जसअनुसार एमालेका जिसीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, बस्यालले उद्योग तथा पर्यटन, पाठकले स्वास्थ्य र केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय पाएका छन् ।

Advertisement

यसअघि सरकारमै रहेका कांग्रेस सांसद डा. टकराज गुरुङ आर्थिक मामिला मन्त्रालयमा निरन्तरता पाएका छन् भने विन्दुकुमार थापाले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै, मनाङबाट स्वतन्त्र निर्वाचित राजीव गुरुङ ‘दीपक मनाङे’ले वन तथा वातावरण र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।