April 13, 2025, Sunday
२०८१ चैत्र ३१
1:37:26 pm

कांग्रेससँगको सहयात्रा ८४ को निर्वाचनपछि पनि कायम रहन्छ: प्रधानमन्त्री ओली

505

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगको सरकारमा सहयात्रा ०८४ को निर्वाचनपछि पनि कायम रहने विश्वास दिलाएका छन्।

बुधबार नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सहकार्य ०८४ को निर्वाचनसम्म कायम हुनेबारे सहमति नै गरिएकोले चुनावपछि पनि यो सहकार्य कायम रहने विश्वास दिलाएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो पहिलो ध्यान देशमा सुशासन कामय गर्नु भएको भन्दै त्यसप्रति दृढताका साथ काम गरिरहेको सुनाए । तर, देशमा अहिलेपनि भ्रष्टाचार चलिरहेको आशंका सुनाए । त्यसप्रति सरकार कठोर भएर प्रस्तुत हुने उनको भनाई छ ।

Advertisement

यसअघि प्रधानमन्त्री ओलीले राजनीतिक अस्थिरता अन्त्य गरिएको बताउदै उनले अहिलेको सरकार भोलि नै चेञ्ज भइहाल्छ कि भन्ने अवस्था नरहेको भन्दै ढुक्क भएर काम गर्न उद्योगी तथा व्यवसायीहरुलाई आग्रह गरेका थिए ।