February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

एनआरएनए महिला फोरम अष्ट्रियाको शानदार तीज कार्यक्रम २०२२

12.8K


एनआरएनए महिला फोरम अष्ट्रियाले वार्षिक रुपमा मनाउँदै आईरहेको हिन्दु महिलाहरुको महान चाड ” हरितालिका तीज २०२२ ” राजधानी भियनामा संस्थाकी महिला संयोजक प्रतिभा कार्कीको सभापतित्वमा शानदार रुपमा सम्पन्न भयो। राजदूतावास भियनाका राजदूत भरत कुमार रेग्मी श्रीमती शान्ति रेग्मीको साथमा प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने एनआरएनए अष्ट्रिया अध्यक्ष भवानी तिवारी, आइसीसी सदस्य विकाश कार्की, संस्थापक अध्यक्ष तथा वर्तमान संरक्षक शुभ राणा, पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक मुक्त गुरुङ्ग, पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक डा. शमिर के.सी , अनुशासन समिति सदस्यहरु मनि राज थेबे, डा. प्रदीप भण्डारी , सल्लाहकारहरु भुपिन्द्र गुरुङ्ग , लक्ष्मण भुजेल , नेसास अष्ट्रिया अध्यक्ष मन्जु खड्का , उपाध्यक्ष नेत्र खड्का , महासचिव अर्जुन घिमिरे , नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रिया अध्यक्ष श्वेता बज्राचार्य, उपाध्यक्ष शेखर लामा , महिला उपाध्यक्ष जमुना बुढा मगर र महासचिव सचेता राई, स्पोर्ट क्लव भियना सगरमाथाका अध्यक्ष मान्फ्रेड आनराईतर , एनआरएनए अष्ट्रियाका वर्तमान समिति वरिष्ठ उपाध्यक्ष अनिता भुजेल , महिला उपाध्यक्ष आशा थापा, एलसीसी साल्जवर्ग उपाध्यक्ष निरु कार्की विशेष अतिथिको रुपमा उपस्थित थिए।

एनआरएनए अष्ट्रिया प्रवक्ता शुभद्रा भण्डारीद्वारा संचालित कार्यक्रम दुई चरणमा विभाजन गरिएको थियो। पहिलो चरण नेपाल तथा अष्ट्रियाको राष्ट्र गानबाट शुरु गरिएको थियो भने महिला फोरम अष्ट्रियाको तर्फबाट स्वागत मन्तब्य संस्थाकी महिला उपाध्यक्ष आशा थापाले गरेका थिए। एनआरएनए अष्ट्रिया अध्यक्ष भवानी तिवारीले तीजको शुभकामना मन्तब्य राखेका थिए भने राजदूत भरत कुमार रेग्मीले तीजको शुभकामना मन्तब्यको साथ् ४ वर्षे कार्यकालमा के कस्ता योजना र उद्देश्यहरु छन् भन्ने बारे संक्षिप्त रुपमा बताएका थिए। कार्यक्रम सभापति प्रतिभा कार्कीले कार्यक्रममा भब्य उपस्थिति जनाउनुहुने सम्पूर्णलाई धन्यवाद टक्रयाउँदै शानदार कार्यक्रमको निम्ति प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने, स्पोन्सर गर्नुहुने र सबै स्वयम् सेवीहरुलाई धन्यवाद दिंदै पहिलो चरणको कार्यक्रमको समापन गरेका थिए।


दोस्रो चरण रहेको थियो तीज बारे तयार पारिएको नाटक तथा नृत्यहरुको। नृत्य गर्ने कलाकारहरु नेहारिका खड्का, बेला खड्का , मुना गुरुङ्ग , मन्जु खड्का , पुनम पौडेल , श्रेया खड्का , गीता ढकाल (भण्डारी ), रेमकला खराल थिए । त्यसै गरि नाटक प्रस्तुत गर्ने कलाकारहरु लक्ष्मी गिरि, प्रतिमा पण्डित , जपन राई , आशा थापा र बालकलाकारहरु नेहारिका खड्का , बेला खड्का र आभा भण्डारी रहेका थिए।

Advertisement


कार्यक्रमलाई व्यवस्थित रुपमा आयोजना गर्न संस्थाका पदाधिकारीहरु आइसीसी सदस्य विकाश कार्की सचिवद्वय कृष्ण श्रेष्ठ , मोहन चौधरी , कोषाध्यक्ष बिरेन पुन , सहकोषाध्यक्ष सरिता सिलवाल, युवा संयोजक महेन लिम्बु , युवा सह-संयोजक राजीव थेबे , पूर्व कोषाध्यक्ष बिनोद खड्का , सदस्यहरु भावना प्रसाईं र जपन राई तथा नेसास अष्ट्रिया उपाध्यक्ष नेत्र खड्काको महत्वपूर्ण भूमिका रहेको थियो।
तीजको स्वादिष्ट दर, भब्य हल र रमझमपूर्ण रमाईलो वातावरणमा रमाउँदै कार्यक्रममा उपस्थितहरुले आयोजक एनआरएनए महिला फोरम अष्ट्रिया तथा एनआरएनए अष्ट्रियालाई शानदार कार्यक्रमको निम्ति वधाई दिंदै अबेर सम्म रमाएका थिए।