काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल निर्वाचित भएका छन् । डिलाराम खरेल र देव बहादुर गुरुङलाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले एनआरएनलाई संस्थागतकरण, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, विभिन्न तहका सरकारसँग सम्बन्ध विस्तार लगायतका कुराहरूमा आफूले विशेष जोड दिने बताए।
एनआरएनए अस्ट्रेलियाको महासचिवमा भने सन्तोष कुँवर निर्वाचित भएका छन् । रोशन घले र उषा किरण बानियाँलाई पराजित गरी कुँवर महासचिवमा निर्वाचित भएका हुन् ।
संघको एनएसडब्लु एससिसि स्टेट कोर्डिनेटरमा विनोद कुँवर निर्वाचित भएका छन् भने कोषाध्यक्षमा अर्जुन गौतम र सहकोषाध्यक्षम रोजी पन्त निर्वाचित भएका छन्।