May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

एनआरएनए अष्ट्रियाको महासचिवमा शुभद्रा भण्डारीको उम्मेदवारी घोषणा

1.2K

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाको महासचिवमा शुभद्रा थापा भण्डारीले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। हाल एनआरएनए अष्ट्रियाकी प्रवक्ता रहेकी भण्डारीले २०२३/२०२५ कार्यकालको लागि उनले आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।

सामाजिक संजालबाट आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले आफूलाई मत दिन आग्रह गरेकी छिन् । सन् २०१६ मा अष्ट्रियाको पंजिकृत सदस्यता लिएसँगै एनआरएनए अष्ट्रियासँग नजिक रहेर २०१७/०१९ को कार्यकालमा वोमन फोरम तथा एनसीसी अष्ट्रियाका विभिन्न कार्यक्रमहरू संचालन गरेकी उनले २०१९/०२१ को कार्यकालमा सचिवको कार्यभार सम्हालेकी थिइन् भने २०२१÷०२३ को कार्यकालमा प्रवक्ताको रूपमा रहेर काम गरेकी थिइन् ।

भण्डारीले पराई मुलुकमा बस्ने नेपालीहरूबीचको समन्वय नै आफ्नो पहिलो प्राथमिकता रहने बताइन् । ‘अष्ट्रियामा रहेका हामीहरू सानो नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य, सहयोग, र सकारात्मक सोचका साथ यहाँ बस्ने नेपालीहरूको चाहनाअनुरूप सवैसँग हातेमालो गर्दै अगाडी बढ्ने इच्छा नै मेरो प्रमुख एजेण्डा हो । अहंम भावनालाई मनैदेखि हटाएर, आफ्नोपनको आभास दिलाउदै पराय मुलुकमा बस्ने नेपालीहरूबीचको समन्वय नै मेरो पहिलो प्राथमिकता रहने छ ।’, उनले सामाजिक संजालमा लेखेकी छन् ।

Advertisement

उनले आफू महासचिवको भूमिकामा रहँदा गरेको संस्थाका गतिविधिहरू र योगदानको कत्तिको मुल्याङ्कन गर्न सकिने बताएकी छन् ।

उनले भनेकी छन्, ‘समग्र संस्थाले गर्ने कार्यहरूमा सहभागि हुँदै, नेपाललाई विश्वसामु चिनाउने कार्यमा सक्दो भूमिका निर्वाह गर्ने, पीडामा छट्पटाईरहेकाहरूलाई सक्दो मल्हमपट्टी लगाउने, दोश्रो पुस्ताका छोराछोरीहरूलाई प्रेरित गरी संस्थामा आवद्ध गराउने प्रयास गर्नेछु ।’

यस्तै, एनआरएनए अष्ट्रिया तथा आम अष्ट्रियावासी नेपालीहरूको शिर उच्च राख्नमा सदैव आफ्नो प्रयास रहने पनि उनले बताएकी छन् ।