April 13, 2025, Sunday
२०८२ बैशाख १
1:37:26 pm

बाह्रै महिना मेलम्चीको पानी काठमाडौवासीले खान पाउनेगरी काम अगाडी बढाउने छौं: मन्त्री अब्दुल खान

1.8K

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले बजेट वक्तव्यमार्फत भङ्ग गरिएको मेलम्ची खानेपानी विकास समितिमा देखिएकोे नीतिगत समस्यालाई हल गर्दै कर्मचारीहरुको समस्यालाई पनि सम्बोधन गरीने बताए । बाह्रै महिना मेलम्चीको पानी काठमाडौवासीले खान पाउनेगरी काम अगाडी बढाउने बताउनुपर्ने मन्त्री खानले बताए ।

मन्त्री खानले शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल निरीक्षणका लागि पुगेका थिए । मन्त्री खानले आयोजना नियमित संचालनको लागि लाग्ने खर्च र प्राविधिक कुराबारे आवश्यक छलफल गरी फास्टट्रयाकमा काम गरीने बताए । सोही क्रममा मन्त्री खानले स्थनीयवासीहरुबाट उठेका मागलाईसमेत उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मेलम्ची खानेपानी आयोजनामा हालसम्म भएको लगानी २०७८ असार मा गएको बाढीले पु¥याएको क्षति र नियमित आयोजनामा संचालनको लागि गर्नुपर्ने कामहरुका विषयमासमेत विस्तृत जानकारी दिए । श्रेष्ठले खानेपानी समिति नहुँदा तलव, मर्मत र महत्वपूर्ण निर्णय गर्न समस्या भएको बताए ।

Advertisement

२०७८ असार १ र साउन १७ गतेको मेलम्ची बाढीले मेलम्ची खानेपानी आयोजनामा करिब दुई अर्बको क्षति पुगेको पूर्वानुमान गरिएको छ । आयोजनाको मुहान स्थलमा निार्माण भएकोे पक्की संरचनाहरु पक्की बाँध, गेट, जेनेरेटर घर, कन्ट्रोल हाउस पुरिनुका साथै निर्माण सामाग्री र निर्माण उपकरणहरु र कन्ट्रयाक्टर लेबर क्याम्पसमेत बगाएको थियो ।
आयोजना निरीक्षणका क्रममा मन्त्री खानसहित खानेपानी सचिव मणिराम गेलाल खानेपानी विकास समितिका कार्यकारी निर्देशक श्रेष्ठ विभिन्न क्षेत्रको विज्ञ टोली लगायत मुहान स्थल पुगेका थिए ।