हङकङ । हङकङ तेह्रथुम मन्चको १५औं वार्षिकोत्सव सम्पन्न भएको छ । आइतबार सुई लाम बि बि क्यु सेन्टरमा कविता वाचन प्रतियोगिता, गोल्डेन लक्की ड्र, भेषभुषा, च्याब्रुङ नाच लगायत विविध कार्यक्रमका साथ मन्चको वार्षिकोत्सव सम्पन्न भएको हो ।
हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका विशेष अतिथि किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष शेरबहादुर लक्सम्बा लिम्बु रहेका थिए । नेपालबाट आमन्त्रित अतिथि गायिका सुनिता सङयक रहेकी थिइन् भने तमु गुरुङ समाज हङकङ, सेर्पा समाज हङकङ, मगर संघ, १ नम्बर प्रदेशका सम्पूर्ण जिल्लाका अध्यक्षहरुलाई आतिथ्य प्रदान गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा सम्पन्न कविता वाचन प्रतियोगितामा नविन सुहाङ प्रथम, द्वितीय रीता गुरूङ र विशाल चोङ्बाङ तृतीय भएका छन्। विजेताहरूले स्व: तिलक सिङ थाङ्देन अक्षय कोषको तर्फबाट नगद, प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेका छन् । उक्त कार्यक्रमको निर्णायकमा कवि तथा लेखक जूनु दिव्या राना र प्रदीप कन्दङ्वा रहेका थिए ।
यस्तै गोल्डेन लक्की ड्र मा प्रथम पुरस्कार कमला कन्दन्वाले हात पारेकी थिइन् । उनले एक टील काँचो सुन प्राप्त गरिन् । दोस्रो पुरस्कार विजेता अग्नी लुम्फुङ्वाले एक तोला काचो सुन र तेस्रो पुरस्कार विजेता देउमान यक्सोले आधा तोला काचो सुन प्राप्त गरेका थिए। यस्तै, विशेष पुरस्कार ईमेहाङ लिम्बुले चन्द्रकोट ज्वेलरी हङकङको तर्फबाट हङकङ डलर ४ हजार ५ सय बराबरको माइली तिलहरी प्राप्त गरेका थिए ।
भेषभुषामा पुरुषतर्फ मिसेक हाङ इङ्नाम र महिलातर्फ सुस्मी योङ्हाङ प्रथम भएका थिए । उनीहरूले पुरस्कार स्वरूप नगद, प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेका छन् ।
मंचका अध्यक्ष सुरेश सुब्बा ईस्बोको अध्यक्षतामा सम्पन्न कार्यक्रमका सयोजक त्रिभुवन लुम्फङ्वा रहेका थिए ।