April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

हङकङमा ‘साँगीतिक साँझ’ आयोजना गर्दै दिलमाया मेमोरियल फाउण्डेशन

830

हङकङ । दिलमाया मेमोरियल फाउण्डेशन हङकङमा ‘साँगीतिक साँझ’ आयोजना गर्ने भएको छ । नयाँ विक्रम सम्वत २०८२ साल र इस्टर २०२५ छुट्टीको शुभ अवसर पारेर फाउण्डेशनले कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष मौसम इम्बुङले जानकारी दिए ।

२० अप्रिल २०२५ तदनुसार २०८२ साल बैशाख ७ गते अपरान्ह ५ बजे ब्लु ओसन रेस्टुरेण्ट हल, शाङहाइ स्ट्रिट, जोर्डन, काउलूनमा हुने सांगीतिक साँझमा लोकप्रिय गायिका सुनिता थेगिम, संगीतकार तथा गायक बादल लिम्बू, चर्चित गायिका दीपा सुहाङको प्रस्तुति रहनेछ भने पत्रकार तथा मिडिया पर्सनालिटी भूमिका फियाक कार्यक्रम सञ्चालकको रुपमा उपस्थित हुनेछिन् ।

फाउण्डेशनको अक्षयकोष स्थापनार्थ उक्त कार्यक्रम गर्न लागिएको अध्यक्ष इम्बुङले जानकारी दिएका छन् । स्थापनाकालदेखि नै फाउण्डेशनले नेपालमा भौतिक पूर्वाधारहरू निर्माण र शैक्षिक सामग्रीहरु बितरण र खेलकुद विकासमा सहयोग पु¥याउदै आएको भन्दै यसको आफ्नै स्थाई कोष बनोस् भन्ने हेतुले च्यारिटी कार्यक्रम गर्न लागिएको अध्यक्ष इम्बुङको भनाइ छ ।

Advertisement

अध्यक्ष इम्बुङद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको ग्रामीण भेगमा चपेटामा परेकाहरुलाई शिक्षा र स्वास्थ्यको पहुँचमार्फत समुदायको सशक्तिकरण गर्ने उद्देश्यले स्थापित दिलमाया फाउण्डेशनले स्थापनाकालदेखि नेपालमा भौतिक पूर्वाधारहरु निर्माण र शैक्षिक सामग्रीहरु बितरण र खेलकुद विकासमा सहयोग पुर्याउँदै आएको छ । फाउण्डेशनले गरेका उल्लेखनीय कार्यहरुमध्ये पाँचथर जिल्लाको याङवरक गाउँपालिका–५ थर्पूको सिरिसे स्कूल विद्यालयत भवन पुनर्निमाणका लागि एनआरएनए यूकेसंगको सहकार्यमा ३५ लाख रुपैयाँमा दिलमाया भवन निर्माण गरिसकेको छ र सोही पूर्वाधारको आधारमा सिरिसे स्कूल अहिले माध्यमिक विद्यालयमा स्तरोन्नति भइसकेको छ । त्यस्तै सन् २०२१ मा धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिकाको बराहकालिका उच्च माध्यमिक विद्यालयका ४३१ विद्यार्थीहरु लाभान्वित हुनेगरी कम्प्युटर र अन्य शैक्षिक सामग्रीहरु बितरण गरेको थियो। फाउण्डेशन स्थापना भएको केही समय बितिसकेको र वर्तमानमा आएर यसको एउटा स्थायी अक्षय कोष स्थापना गर्न आवश्यक महसुस गरी हङकङमा रहेका फाउण्डेशनका सदस्यहरुले उल्लिखित च्यारिटी कार्यक्रम आयोजना गर्न लागिएको हो ।’

उक्त च्यारिटीका प्रायोजकहरुलाई धन्यवाद पत्र र प्रायोजक व्यक्ति र संस्थालाई कार्यक्रममा पटक–पटक वाचन गरिने संयोजक खुशी लिम्बुले जानकारी दिए । उनका अनुसार फाउण्डेशनको आजीवन सदस्यताका लागि हजार डलर लाग्ने र उनीहरुका लागि सीट प्राथमिकता, प्रमाणपत्र प्रदान रहेको छ भने पाँच सय डलर सहयोग गर्नेलाई सीटमा प्राथमिकता, खानपानको व्यवस्था र तीन सय डलर प्रदान गर्नेलाई खाना र मनोरञ्जनको व्यवस्था रहेको छ ।