February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

याक्थुङ मुन्चइत चोक सयङ हङकङको अध्यक्षमा रबिनकुमार नाल्बो

895

हङकङ । याक्थुङ मुन्चइत् चोक् सयङ हङकङको प्रथम अधिवेशन सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ हङकङको भवनमा सम्पन्न उक्त अधिवेशनबाट सयङको अध्यक्षमा रबिनकुमार नाल्बो सर्वसम्मत चयन भएका छन् ।व्यवसायीसमेत रहेका नवनिर्वाचित नाल्बो चलचित्र निर्माता तथा समाजसेवीसमेत हुन् ।

यस्तै सयङको वरिष्ठ उपाध्यक्षमा भबेन्द्र थाम्सुहाङ, उपाध्यक्षमा भिम प्रसाद तुम्बाहङ्फे, महासचिवमा हाङ चेम्जोङ, सचिवमा सुक्मिता केरुङ र कोषाध्यक्षमा सङ्गिता लावती चयन भएका छन् ।

सक्रिय सदस्यमा जानु काम्बाङ, अन्य सदस्यहरुमा हेम राज आङ्छन्बो, मनुता काम्बाङ, टिका माखिम, सन्जु लिम्बु, प्रकाश आङ्बुहाङ, यमुना नेम्बाङ चेम्जोङ, सुकु स्याम्याङ्खाम तथा मनोनित सदस्यमा गंगा मादेन चयन भएका छन् ।

Advertisement

सयङका सल्लाहकारमा बिस्णु कुमार थेबे, हस्त लिबाङ, हेमन्त कृष्ण पंधाक, रमेश सिंगक छन् ।

याक्थुङ लिम्बु चलचित्रकर्मीहरुको साझा संगठन सयङले डेढ दशकयता याक्थुङ चलचित्र र चलचित्रकर्मीहरुको हक, अधिकार, संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धनका लागि विभिन्न अभियानहरू सञ्चालन गर्दै आइरहेको छ ।

याक्थुङ मुन्चइत चोक सयङ ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८’ अन्तर्गत दर्ता भएको संस्था हो । यो नेपालका आदिवासी जनजाति चलचित्रकर्मीहरुको साझा संगठन नेपाल आदिवासी जनजाति चलचित्र महासंघको एक घटक संगठन तथा किरात याक्थुङ चुम्लुङद्वारा सम्बन्धन प्राप्त संगठन हो ।

वि.सं. २०६६ सालमा स्थापित याक्थुङ मुन्चइत चोक सयङले चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसकेको छ । प्रदेश नं.१ कार्यसमितिले कार्यसम्पादन गरिरहेको छ भने नेवा; ताम्सालिङ प्रदेश समिति (बागमती)को प्रथम अधिवेशन सम्पन्न गरी कार्यसम्पादन गरिरहेको छ । यस्तै, याक्थुङ मुन्चइत चोक सयङ पान्थर जिल्लाले दोश्रो अधिवेशन सम्पन्न गरी कार्यसम्पादन गरिरहेको छ भने सिक्किम भारत र नेपालविच सम्बन्धन लियादिया गरी सहकार्य गरिरहेको छ । संसारभर रहेका याक्थुङ चलचित्रकर्मीहरुलाई एकीकृत गर्ने उदेश्यले सबै प्रवासहरुमा याक्थुङ मुन्चइत चोक सयङको गठन प्रक्रिया चलिरहेको छ ।

सयङले अन्तराष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सवहरू सम्पन्न गरिसकेको छ भने राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका चलचित्र विज्ञहरु ल्याई चलचित्र सम्बन्धि अत्याधिक कार्यशालाहरू सम्पन्न गरेको छ ।

न्युनतम २५ बर्ष कला क्षेत्रमा जीवन विताएका ७० बर्ष पुगेका लिम्बु कलाकारहरुलाई सम्मानस्वरूप मासिक ११५५ रुपैया पेन्सन भत्ता दिने उदेश्यले ‘याक्थुङ मुन्चइत अक्षयकोष’ संचालन गरिएको छ । लिम्बु चलचित्रलाई विशिष्टिकरण गर्न ‘याक्थुङ कथा दर्ता कार्यविधि’ निर्माण गरी संचालन गरिरहेको छ । यस्तै, याक्थुङ कथाहरुलाई अन्तराष्ट्रिय बजारसम्म पु¥याउन अन्तराष्ट्रिय याक्थुङ कथा प्रतियोगिता आयोजना गरी ‘याक्थुङ स्टोरी बैंक’ संचालन गरिरहेको छ । याक्थुङ मुन्चइत चोक सयङको प्रतिनिधित्व गर्दै आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति चलचित्र विकास बोर्डमा संयोजकको जिम्मेवारी सम्हालिसकेको छ र हाल समिति सदस्यको प्रतिनिधित्व गरिरहेको छ । याक्थुङ भाषा, कला, संस्कारसंस्कृति, इतिहास, पहिचान, अस्तित्व र भूमिमाथि भइरहेको उत्पीडनबिरुद्ध लिम्बु समुदायको हरेक संघर्ष र आन्दोलनमा हातेमालो गर्दै आइरहेको आदिवासी याक्थुङ चलचित्रकर्मीहरुको एक आधिकारिक संगठन हो याक्थुङ मुन्चइत चोक सयङ ।