March 14, 2026, Saturday
२०८२ फाल्गुन ३०
1:37:26 pm

शिक्षक महासंघद्वारा शैक्षिक हडतालको घोषणा

1.2K

काठमाडौं । नेपाल शिक्षक महासंघले शैक्षिक हडतालको घोषणा गरेको छ । शिक्षकहरुको जारी आन्दोलनलाई अझ सशक्त बनाउन सोमबारदेखि हडताल गर्ने घोषणा गरेको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आग्रह गरेका हुन् ।

यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ ।

Advertisement

महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै साथीहरुमा जोडदार आग्रह गर्दछौं । यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरी दिनुहुन विद्यार्थी, अभिभावक, विं व्य स लगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गर्दछौं ।’

शिक्षा ऐन जारी गर्नका लागि नेपाल शिक्षक महासंघ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छ । सरकारसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलनलाई निरन्तरता दिएको छ ।