April 7, 2025, Monday
२०८१ चैत्र २६
1:37:26 pm

गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोमा विशाल विरोध प्रदर्शन

270

रबात । हजारौं मोरक्कोलीहरूले देशको राजधानी रबातमा भेला भइ गाजामा फेरि सुरु भएको घातक इजरायली आक्रमणको विरोध गरेका छन् ।

प्रदर्शनकारीहरू संसद् भवन नजिकै भेला भएका थिए । प्यालेस्टिनी झन्डा फहराउँदै, प्यालेस्टिनी जनतासँग ऐक्यवद्धता जनाउँदै नारा लगाउँदै, इजरायलको गाजा नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गरेका छन् ।

मोरक्कोका अधिकारीहरूलाई इजरायलसँग सबै राजनीतिक सम्बन्ध तोड्न आह्वान गरेका छन् । यो प्रदर्शन मोरक्को फ्रन्ट फर सपोर्टिङ प्यालेस्टाइन एन्ड अगेन्स्ट नर्मलाइजेसनले धेरै स्थानीय मानव अधिकार समूहहरूसँग मिलेर आयोजना गरेको हो ।

Advertisement

इजरायलले मार्च २ देखि गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ । पछिल्लो पटकको आक्रमण यता इजरायलले हालसम्म १ हजार ३३५ प्यालेस्टिनीहरूको हत्या गरेको छ । ३ हजार २९७ जना घाइते भएका छन् ।