April 7, 2025, Monday
२०८१ चैत्र २६
1:37:26 pm

तीनकुनेको घटनामा संलग्न आरोपमा एनी कुँवर पक्राउ

435

काठमाडौं । तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा एनी कुँवर पक्राउ परेकी छन् । उनलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चैत १५ गते प्रदर्शनका क्रममा कुँवर पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उक्त घरबाट बाहिर निस्किसकेपछि भने सामाजिक संजालमार्फत ‘बचाउन आउनुहोला’ भनी सहयोगका लागि अपिल गरेको भन्दै कुवँरलाई पनि अनुसन्धानको दायरमा ल्याइनुपर्ने सामाजिक संजाल प्रयोगकर्ताहरुले दबाद दिँदै आएका थिए।

अभिनेत्री समेत रहेकी कुँवरलाई प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Advertisement

कुँवरले एक दशकअघि फिल्म ब्रह्माबाट रजतपट यात्रा सुरु गरेकी थिइन् ।