सूचना लुकाउने त्रिविका शिक्षाध्यक्षलाई ५ हजार जरिवाना
काठमाडौं- राष्ट्रिय सूचना आयोगले सूचना लुकाएको भन्दै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको छ। सूचनाको हक सम्बन्धी ऐन अनुसार सूचना लुकाएको अभियोग पुष्टि भएकाले जरिवाना गर्ने फैसला सुनाएको हो। आयोगको आदेश पालना नगरी मातहतको कार्यालयमाथि जिम्मेवारी पन्छाउन खोजेको, आयोगको आदेश, पत्राचारको वेवास्ता गरी विषयान्तर गर्दै पन्छिन खोजेको ठहर गर्दै आयोगले यस्तो फैसला सुनाएको...