काठमाडौं महानगरपालिकाका मुख्य-मुख्य सडकमा आधुनिक सडक बत्ती जडान हुने
काठमाडौं – काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य-मुख्य सडकमा आधुनिक सडक बत्ती जडान हुने भएको छ। बिहीबार काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच बत्ती जडान गर्न हस्ताक्षर भएको हो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको उपस्थितिमा मन्त्रालयमा सो सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर,...