April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

ठूलो मात्रामा लुकाएर राखिएको प्याज बरामद

2.2K

पर्सा – सीमा नाका बन्द रहेकै समयमा भारतबाट ठूलो परिणामको प्याज चोरी पैठारी गरी भण्डारण गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ। पर्साको वीरगन्ज महानगरपालिका-६ मीना बजारमा भण्डारण गरी राखेको ठूलो परिणामको प्याज प्रहरीले बरामद गरेको हो।

कोरोनाको कारण सीमा नाका बन्द रहेकै समयमा भारतबाट चोरी पैठारी गरी स्थानीय व्यापारी बलिरामजी प्रसाद कलवारले भण्डारण गरी राखेको भारी परिणामको प्याज बरामद गरेको पर्सा प्रहरीले जनाएको छ।

व्यापारी कलवारले वीरगन्ज ६ मिना बजारमा उनले आफ्नो पसल पछाडि अवैध रुपमा प्याज लुकाई छिपाई भण्डारण गरी राखेका रहेछन् पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तले बताइन्। विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खानतलासी गरी २१ हजार केजी प्याज बरामद गरेको उनको भनाइ छ।  

Advertisement