काठमाडौं– ऊर्जामन्त्री वर्षमान पुनले कानुन विपरीत नेपाल विद्युत प्राधिकरणको सञ्चालक नियुक्त गरेका छन्। मन्त्री पुनले प्राधिकरणसँग विद्युत खरिद बिक्रीको सम्झौता गरेको हिमालय ऊर्जा विकास कम्पनीका प्रोजेक्ट इन्जिनियर कपिल आचार्यलाई प्राधिकरण सञ्चालक समिति सदस्य नियुक्त गरेका छन्।
नेपाल विद्युत प्राधिकरण ऐन २०४९ मा ‘प्राधिकरणसँग भएको कुनै ठेक्का पट्टामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले हिस्सेदार भएको’ व्यक्ति प्राधिकरण सञ्चालक समिति सदस्य बन्न अयोग्य हुने उल्लेख छ। तर मन्त्री पुनले प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता गरेको कम्पनीका प्रतिनिधिलाई नै सञ्चालक समितिमा ल्याएका छन्।
‘यो नियुक्ति कानुनसम्मत छैन,’ विद्युत प्राधिकरण स्रोत भन्छ, ‘प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको संस्थाको प्रतिनिधि यहाँ आउनु भनेको प्राधिकरण ऐन दफा १० को व्यवस्थाविपरीत हो।’