April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

देशका विभिन्न स्थानमा दुर्घटनामा परी ३ जनाको मृत्यु

3.5K

काठमाडौं – देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रुपन्देहीको ओमसतिया गाउँपालिका–२ ठुटीपिपलमा लु २ ख १४१५ नम्बरको माईक्रोबसले लु ४१ प ९२५४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक देवदह नगरपालिका–११ जयपुर बस्ने २३ वर्षीय राजु थारुको घटनास्थलमै मृत्यु भएको छ ।

बै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

त्यसैगरी, सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारस्थित सडकमा बा.५ ख ७६७ नम्बरको हाइसले को.२५ प ४४२३ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा
मोटरसाइकल चालक बराहक्षेत्र नगरपालिका–११ बस्ने ४३ वर्षीय हजरत मिया मंसुरीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार उनकै छोरा १६ वर्षीय सबिर मंसुरीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, बाँकेको बैजनाथ गाउँपालिका–६ गरही चोकमा सोही ठाउँ बस्ने ३१ वर्षीय कमल चन्दले चलाएको भे.९ प ४२१८ नम्बरको मोटरसाइकलले बुधबार साँझ ३ वटा साईकललाई ठक्कर
दिँदा साईकलयात्री बर्दिया बाँसगढी नगरपालिका–३ लखना बस्ने १८ वर्षीय अदिप थारूको मृत्यु भएको छ ।