धनगढी – सुदूरपश्चिममा आजदेखि अनिश्चितकालिन यातायात सेवा ठप्प पारिएको छ । धनगढी बसपार्कमा शिवपुरी यातायात प्रा.लिले काउण्टर राखी यातायात सेवा सञ्चालन गरेपछि पुराना ६ वटा यातायात प्रा.लिले आजदेखि यातायात सेवा ठप्प पारेका हुन ।
सुदूर पश्चिम यातायात प्रा.लिका अध्यक्ष पदम सापकोटाका अनुसार बसपार्कमा गाडी पार्किङका लागि ठाँउ नै नभएको अवस्था धनगढी उपमहानगरपालिकाले हस्तक्षेप गरी नयाँ प्रा.लिलाई काउण्टर राख्न दिएपछि यातायात सेवा ठप्प पारिएको हो ।
बिहान केहीबेर धनगढी बस पार्कमा तनाव सिर्जना भएको थियो । नयाँ प्रा.लिको विरोध प्रदर्शन गर्दै बिच बाटोमा राखिएका बसहरु प्रहरी प्रशासनले बल प्रयोग गरेर हटाएको छ ।