July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

एफएनसिसिआईको विधान संशोधन कार्यदल संयोजकमा जोशी

काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को नयाँ कार्यसमितिले विधान संशोधनको प्रक्रिया अगाडि बढाएको छ। महासंघले विधान संशोधनका लागि पूर्वअध्यक्ष कुशकुमार जोशीको संयोजकतत्वमा कार्यदल गठन गरेको छ। 

महासंघको केही दिन अगाडि बसेको  पदाधिकारी बैठकले जोशीलाई कार्यदलको संयोजक बनाएको महासंघका विशिष्ट सदस्य पशुपति मुरारकाले जानकारी दिए।

५४ औं साधारण सभा अगाडि महासंघका अध्यक्ष शेखर गोल्छा (तत्कालीन वरिष्ठ उपाध्यक्ष) ले आफू नेतृत्वमा पुगेको ६ महिनाभित्रै विधान संशोधन गरेर व्यवसायीमैत्री बनाउने उद्घोष गरेका थिए। सोही अनुरुप विधान संशोधनका लागि कार्यदल संयोजक तोकिएको मुरारकाले नेपाललाइभसँग बताए।

Advertisement

यसअघि महासंघको एक समूहले विधान संशोधन गरेर तत्कालीन वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष हुने व्यवस्था परिवर्तन गर्न खोज्दा विवाद सिर्जना भएको थियो।