काठमाडौँ – देशभरको तापक्रम घट्न थालेसँगै चिसो बढेको छ । बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण तराईका जिल्लामा जनजीवन प्रभावित बन्न थालेको छ ।
विहान हुस्सु र कुहिरो लाग्ने दिउँसोको समयमा केहीबेर हुस्सु कुहिरो हट्ने गरेकाले शीतलहर भन्न नमिल्ने मौसमविदले बताए ।
चिसो बढेसँगै तराइका बर्दिया र नेपालगञ्जको अधिकतम तापक्रम घटेको छ ।
नेपालगञ्जको पनि अधिकतम तापक्रम घटेर १६ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । काठमाण्डौको मौसम भने आज पनि हिजोको जस्तै छ ।आज न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
हिमाली जिल्ला जुम्लाको भने तापक्रम भने माइनस ६ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ ।