April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गुल्मीमा २० जना भन्दा बढी जन्ती जान प्रशासनले लगायो रोक

3.5K

गुल्मी –  गुल्मीमा २० जना भन्दा बढी जन्ती जान प्रशासनले रोक लगाएको छ।

कोरोना माहामारीको समयमा भीडभाड नगर्न र विवाहमा २० जना भन्दा बढी जन्ती जानमा रोक लगाइएको  हो। जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले  यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी उद्धव पन्थीले जानकारी दिए। 

यस्तै धार्मिक कार्य (दिवाली) तथा विवाहमा साउण्ड सिष्टम र बाजा-गाजा नबजाउन, नाचगान नगर्न र भोजभतेर पनि पारिवारमा मात्र सीमित पार्न प्रशासनले आग्रह गरेको छ।

Advertisement

गुल्मीमा विद्यालयहरू संचालन गर्दा कार्य ढाँचा, २०७७ मा गरिएका व्यवस्थाहरूको पूर्ण रूपमा पालना गरी संचालन गर्ने र स्थानीय तहहरूले आवश्यक व्यवस्था गर्ने पनि निर्णय भएको छ।

यस्तै, सार्वजनिक सवारीसाधनहरूमा  जुनसुकै क्षेत्रबाट सवारी राख्ने र झार्ने कार्य गर्दा ट्राफिक व्यवस्थापनमा असहज भएकाले बसपार्क क्षेत्रबाट मात्रै सवारी राख्ने र झार्ने कार्य गर्ने व्यवस्था मिलाउन निर्देश गरिएको छ।

सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रुहरू नराख्न पनि प्रशासनले आग्रह गरेको छ।