April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कालीगण्डकी गाउँपालिकाको डोजरमा अज्ञात समूहले आगजनी

2.9K

स्याङ्जा – कालीगण्डकी गाउँपालिकाको डोजर अज्ञात समूहले आगजनी गरेको छ। लु १ क २६७४ नम्बरको डोजरमा शनिबार राति आगजनी भएको हो। डोजर जलेर नष्ट भएको वडा नम्बर ५ का वडाध्यक्ष लोकेदार थापाले जानकारी दिए।

सडक स्तारोन्नति र नयाँ ट्रयाक निर्माण गर्न वडा नम्बर ५ मा डोजर पठाइएको थियो। कालीगण्डकी गाउँपालिकाको जैपतेदेखि गल्याङ नगरपालिकाको इलुङ्गासम्मको सडक स्तारोन्नति र जैपते, वीरडाँडा, धोला फोक्सिङ, करिकुवासम्मको नयाँ ट्रयाकको काम सकेर डोजर वडा नम्बर ५ को रिप भन्ने स्थानमा पार्किङ गरी राखिएको थियो।

शनिबार राति करिव ८ बजे डोजरमा आगजनी गरिएका हो। स्थानीयवासी, जनप्रतिनिधि र प्रहरीले राति १० बजे आगो नियन्त्रणमा लिइएको थियो।

Advertisement