‘लकडाउनमा सर्जक र सिर्जना’ पुस्तकले स्वर्णिम साहित्य समाजलाई पचास हजार प्रदान गर्ने
धरान। कोरोना कहरका कारण भएको लकडाउनको समयमा प्रकाशित पुस्तक ‘लकडाउनमा सर्जक र सिर्जना’ को प्रकाशक समुहले स्वर्णिम साहित्य समाजलाई पचास हजार रुपैयाँ प्रदान गर्ने भएको छ । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र -३ ले स्थापना गरेको ‘स्वर्णिम साहित्य पुरस्कार तथा सम्मान’ का निम्ति खडा गरिएको अक्षयकोषलाई सो रकम हस्तान्तरण गर्न लागिएको हो । पुस्तकको प्रकाशक समुहले...