– प्रकाश दिप्साली राई
नडाहा । धरानका लोकप्रिय दिवङ्गत कवि कृष्ण पाख्रीनको स्मृतिमा स्व. कवि कृष्ण पाख्रीन प्रतिष्ठान घोषणा गरिएको छ । शनिबार स्व. कवि कृष्ण पाख्रीनको सम्झनामा आयोजित कार्यक्रम सो घोषणा गरिएको हो ।
प्रतिष्ठानको घोषणा कवि पाख्रीनका छोरा सुदिप पाख्रीनले गरेका हुन् । यस प्रतिष्ठानले कला र साहित्यको श्रीवृद्धी समर्पित हुने सुदिप पाख्रीनले जानकारी दिए ।
सो अवसरमा दिवङ्गत कृष्ण पाख्रीनलाई यस समयका अब्बल युवाकविहरुले उनकै रचना मार्फत सम्झेका थिए। धरानस्थित निजि निवास दोभान लाइनमा सम्पन्न कार्यक्रममा कविहरु तिर्थ विश्वकर्मा, प्रदिप योङहाङ, कुमार कल्पित, राज माङ्लाक, करुणा राई, राज आसातित, हिक्मत खड्का, बिरेन सुब्बा लगायतले उनका कविता वाचन गर्दै सम्मान प्रकटसहित श्रद्धा सुमन प्रकट गरेका थिए ।
कलरव धरानले आयोजना गरेको सो कार्यक्रममा पाखृनको चर्चा समेत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बम देवानले आफ्ना समकालीन कवि कृष्ण पाख्रीन विचार र सैद्धान्तिक रुपमा अब्बल रहेको बताए । धरानको साहित्यिक भूमिलाई मलिलो बनाउन कृष्ण दाइको ठूलो भूमिका छ । ‘त्यही धरातलमा टेकेर आजका यी कविहरुको आगमन भएको हो ।’, देवानले बताए ।