April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाँचथरको कुम्मायकमा ‘विश्व शान्ति मानव एकता सेवा’ सप्ताह हुँदै

पदम सुखी सम्बाहाम्फे
२०७९ माघ २७

3.4K

कुम्मायक । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा रहेकोे कुम्मायक डाँडामा ‘विश्व शान्ति मानव एकता सेवा’ सप्ताहको तयारी अन्तिम चरणमा पुगेको छ । फागुन ५ गतेदेखि सुरु हुने उक्त सप्ताहको किरात धर्म गुरु आत्मानन्द लिङदेन सेइङ र गुरुआमा पवित्राहाङमा लिङदेनद्वारा उद्घाटन हुने छ ।

‘किरात सावायेहाङ थिबोङ याक्थुङ हाङ्सा आप्लुङगेन ताप्फेक नु माङहुप वाःदेम्मा’ सप्ताह व्यापक हुने जनाइएको छ । विश्व शान्ति मानव एकता सेवा उपसमितिका संयोजक भवानी सम्बाहाम्फेका अनुसार सप्ताह फागुन ५ गतेदेखि १२ गतेसम्म हुने हुनेछ ।

कुम्मायक गाँउपालिकाको प्राविधिक सहयोग रहेको सम्ताहमा धार्मिक स्थल कुम्मायक माङ्हीमको शिर उच्च बनाउन सेवामा १० हजार ८ दीप प्रज्वलन गरिने पनि संयोजक सम्बाहाम्फेले बताए ।

Advertisement

सचिव सूर्यदिप सम्बाहाम्फेका अनुसार इस्वी संवद १६/१७ सय ताका किराँत राजा सवायेतहाङको पालामा पनि यश स्थलमा यस्तै किसिमका पुजापाठ, सभा गोष्ठी आयोजना गरिने गरिएको इतिहास रहेको बताए ।