April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाँचथरको फाल्गुनन्दमा माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता

1.7K

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पालिका स्तरीय विद्यालयबीच अन्तर माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिका केन्द्र घुर्विसेपञ्चमीमा ‘विद्यालय शिक्षाको गुणस्तर सुधारमा सरोकारवालाहरुले खेल्नुपर्ने भूमिका’ शिर्षकमा प्रतियोगिता सम्पन्न भएको हो ।

बिहीवार सम्पन्न प्रतियोगितामा सिद्धदेवी मावि, फाल्गुनन्द १, नवमीडाँडाकी विरता आङ्देम्बे प्रथम, सिद्धेश्वरी मावि फाल्गुनन्द १,सुर्केनागीकी सपना चापागाईं द्धितिय र जयनारायण आदर्श मावि फाल्गुनन्द ६, मेहेलबोटेकी सविता रिजाल तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई क्रमशः ७ हजार ५ सय, ६ हजार र ४ हजार ५ सय रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा फाल्गुनन्द गाउँपालिका भित्रका साामुदायिक तथा संस्थागत गरी ७ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

Advertisement

कार्यक्रम फाल्गुनन्द गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत निर्मल तुम्रोकको प्रमूख आतिथ्यता र जनकल्याण मावि फाक्तेपका प्रधानाध्यापक पूर्ण कुमार सदेम्बाको अध्यक्षतामा सम्पन्न भएको हो ।