काठमाण्डौं । भानु एल्मुनाई समाज हीरक जयन्तीको उपलक्षमा ‘भानु स्मारिका’ पुस्तक विमोचन गरिएको छ । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सिद्धिचरण सभाहलमा भानु एल्मुनाई समाजका अध्यक्ष ई. मेघेन्द्र कुमार श्रेष्ठको सभापतित्व तथा पप्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
पुस्तकलाई कार्यक्रमको विशेष अतिथिहरू संविधान सभाका अध्यक्ष एवं भानुका पूर्व प्रअ नन्द कुमार प्रसाई, पूर्व प्रअहरू तुलाराम गुरुङ, विमला सेनेहाङ, पूर्व मन्त्री डा. भरत प्रधान, समीक्षक प्राडा रमेश भट्टराई, सभाध्यक्ष ई. मेघेन्द्र कुमार श्रेष्ठद्धारा सयुक्त रुपमा विमोचन गरिएको थियो ।
कार्यक्रममा माधव प्रधानको शब्द/संगीत र प्रधानसहित अशोक सिवा र रञ्जु श्रेष्ठले भानुको स्वागत गीत गाईएको थियो । स्वागत मन्तव्य कार्य लसमितिका सदस्य डेलमान गुरुङ थिए ।
समाजका सचिव एवं पुस्तकका प्रमुख सम्पादक टंक श्रेष्ठद्धारा संचालित उक्त कार्यक्रममा कार्यसमितिका सदस्य चन्द्र मादेन आन्छनले ‘मेरो प्यारो भानु’ कविता सुनाएका थिए ।
कार्यक्रममा पूर्व भानुका प्रअहरुको तर्फबाट प्रमुख वक्ता नन्द कुमार प्रसाई र विमला सेनेहाङले आफूहरुले संघर्ष गर्दै विद्यार्थी र अभिभावकहरूसँग बिताएका सुखदुःखका कथाहरू स्मरण गरेका थिए ।
उक्त सभालाई सम्बोधन गर्दै आर्थिक/प्रचारप्रसार समितिको तर्फबाट संयोजक ध्रुव नारायण श्रेष्ठले आर्थिक दाता र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
भानुका पूर्व विद्यार्थीसमेत रहेका प्रमुख अतिथि देवराज घिमिरेले सिङ्गो नेपाललाई चिनाउने ताप्लेजुङेहरू संकिण नभएको बताए । उनले विकासको निम्ति केकस्ता सहयोग गर्न सकिन्छ, एकता भएर जानुपर्ने भन्दै भानु एल्मुनाई समाजका सबै पदाधिकारीहरुप्रति कृतज्ञ भएको बताए ।
६६६ पृष्ठ लामो भानु स्मारिका पुस्तकमा १२६ जना लेखकहरुले आआफ्नो विचार पस्किएका छन् । सो पुस्तकलाई टिप्पणीकार समीक्षक प्राडा रमेश भट्टराईले सबैले भानुसँग सम्बन्धित केही न केही शिक्षामूलक रोचक संस्मरण गर्न लायक लेख लेखेको बताए । ‘यसमध्ये काजी श्रेष्ठ, तुलाराम गुरुङ, नन्द कुमार प्रसाई, देवराज घिमिरेको लेख राजनीतिक, वैचारिक र चेतनामूलक देखिन्छ । मलाई हिजै मात्र समीक्षा गर्न दिनु भएको लेख भएतापनि संस्थाप्रति आभारी छु’, उनले भने ।
कार्यक्रममा भानुका पूर्व विध्यार्थीहरुलाई नौमती पञ्चे बाजाका साथ खदा मालाले स्वागत गरेको थिए । करिब ३ सयजना उपस्थित सबैलाई निशुल्क पुस्तक वितरण गरिएको थियो ।
ध्रुव नारायण श्रेष्ठको संयोजकत्वमा १६ लाख ज्यादा आजीवन र सहयोग रकम संकलन गरिएको र उक्त रकम भानुकै गरिब तथा जेहेन्दार विध्यार्थी या ताप्लेजुङकै गरिब, असहाय बिद्यार्थीहरूका निम्ति अक्षय कोष स्थापना गर्ने समितिको ठोस निर्णय रहेको बताइएको छ । तर, पुस्तकमा केही दाताहरुको नाम छुटेकोप्रति गुनासो पनि सुनिएको थियो ।