March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

कथाकार हरिश कल्पितको कथाकृतिहरू ‘ग्याबृयले’ र ‘आस्था’को परिचर्चा

605

काठमाडौं । साहित्यिक पत्रकार संघले शुक्रबार डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा कथाकार हरिश कल्पितको कथाकृतिहरू ‘ग्याबृयले’ र ‘आस्था’को परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा समालोचकहरू डा. अम्बिका अर्यालले ‘आस्था’ कथाकृति र डा. शोभा ढुंगानाले ‘ग्याबृयले’ कथाकृतिको परिचर्चा गरेका थिए ।

सोही कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ आख्यानकार पद्यावती सिंह र अध्यक्ष लेकालीले कथाकार हरिश कल्पितलाई सम्मान गरेका थिए ।

Advertisement

कार्यक्रममा प्रमुख अतिथि सिंह र अध्यक्ष लेकालीले आआफ्नो मन्तव्य राखेका थिए भने कृतिकार हरिश कल्पितले आफ्नो सिर्जना यात्राबारे मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन साहित्यकार मन्जिला अनिलले गरेका थिए ।