November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इटहरीमा केशव दाहालकृत ‘माधवी ओ माधवी’ पुस्तक चर्चा

1.5K

धरान । केशव दाहालकृत ‘माधवी ओ माधवी’ पुस्तक चर्चा भएको छ । शनिबार सङ्गीत साधना प्रतिष्ठान नेपाल, इटहरी सुनसरीको आयोजित उक्त कार्यक्रमलाई प्रदेश प्रमुख परशुराम खापुङले समुद्घाटन गरेका हुन् ।

समुद्घाटन गर्दै प्रदेश प्रमुखले सङ्गीत पृथ्वीकै सुन्दर पक्ष रहेको बताए। मानिस र मानिसहरूले बनाएको समाजमा मात्र नभएर पशुपंक्षी, जीवहरूलाई सङ्गीतले एकत्रित पार्ने कुरामा प्रदेश प्रमुखले बताए। ‘त्यो सङ्गीत साधना जोडिएको संस्थाले मलाई पनि जोडिने मौका दिएर धेरै कुरा सिक्ने मौका दिलाएको छ ।’, प्रमुखको थप भनाई थियो ।

सङ्गीत प्रतिष्ठानको आयोजनामा रहेको ‘माधवी ओ माधवी’ पुस्तकको चर्चामा कवि चन्द्र घिमिरे र मिडिया अनुसन्धान केन्द्र, नेपालका अध्यक्ष तृष्णा आचार्य वक्ताका रूपमा रहेका थिए । त्यसैगरी रङ्गकर्मी प्रज्वल पराजुलीले लेखक केशव दाहालसँग वार्तालाप गरेका थिए ।

Advertisement

कार्यक्रममा कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव अमृत खापुङ, वराहक्षेत्र नगरपालिकाका पूर्वमेयर निलम खनाल, साहित्यकार प्राडा. बद्रिविशाल पोखरेल समेतको उपस्थिति रहेको थियो ।

‘सङ्गीत उत्सव –२०७९’ कै रूपमा शुरु भएको कार्यक्रम आज पुस ३० बाट शुरु भई माघ ८ गतेसम्म चल्नेछ ।