July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

‘पण्डित श्री घनश्याम पोखरेल स्मृति ग्रन्थ’ लोकार्पण

1.5K

विराटनगर । ‘पण्डित श्री घनश्याम पोखरेल स्मृति ग्रन्थ’को लोकार्पण भएको छ । शनिबार विराटनगरस्थीत सगरमाथा पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमबीच प्रदेश प्रमुख परशुराम खापुङले ‘पण्डित श्री घनश्याम पोखरेल स्मृति ग्रन्थ’को लोकार्पण गरेका हुन् ।

ग्रन्थको विमोचन गर्दै प्रदेश प्रमुख खापुङले मानिस समाजबिना बाँच्न नसक्ने बताए ।समाजलाई सुसंस्कृत बनाउनमा पण्डित श्री घनश्याम पोखरेलको विशेष योगदान रहेको प्रदेश प्रमुखको भनाइ थियो ।

कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, स्वामी गोपालाचार्य, कविराज न्यौपाने, पिण्डेश्वर विद्यापीठका प्राचार्य काशीनाथ पौडेल, रमेश घिमिरे, सहप्राध्यापक डा. सागरमणि सुवेदी, ग्रन्थका सम्पादक डा. रघुनाथ नेपाल र प्रदेशसभाका सांसद भीम आचार्यले मन्तव्य राखेका थिए ।

Advertisement

कार्यक्रममा श्री उज्ज्वल अचार्यलाई पण्डित श्री घनश्याम पोखरेल मेधावी छात्र पुरस्कार- २०७९ प्रमुख अतिथिको हस्तवाहुलीबाट प्रदान भएको थियो । त्यसैगरी ग्रन्थका सम्पादकहरु डा. रघुनाथ नेपाल, भवानीप्रसाद मिश्र, कुरेश पाण्डे, ईश्वर गुरागाइँलाई सम्मान गरिएको थियो ।