काठमाडौं । दुबईमा ‘कविता समारोह-२०२३’ भव्य रुपमा सम्पन्न भएको छ । आइतबार कन्ट्री रोला नशा दोहोरी रेस्टुरेन्टमा सम्पन्न उक्त समारोहका प्रमुख आकर्षण कवि प्रज्वल अधिकारी रहेका थिए ।
सगरमाथा साहित्य प्रतिष्ठान युएईको आयोजना तथा सिर्जना वाचन डबली युएई र इन्स युएईको सहआयोजनमा सप्पन्न उक्त समारोहमा सहभागी हुन नेपालबाट युएई पुगेका अधिकारीले
दुई चरणमा आफ्ना दशवटा कविता वाचन गरेका थिए। समारोहमा युएईमा कार्यरत २ दर्जन भन्दा बढी सर्जकहरुले पनि आफ्नो सिर्जना सुनाएका थिए ।
संस्थाकी उपाध्यक्ष सरु शितल राईको सभापतित्व तथा पत्रकार महासंघ युएईका अध्यक्ष मेघराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पारिवारिक भ्रमणको क्रममा युएई पुगेका छायाँदेवि पराजुली र चेतनाथ पराजुली विशिष्ट अतिथिको रूपमा उपस्थित थिए । कार्यक्रमको संचालन राज यात्री लम्साल र भवानी नेपालले गरेका थिए ।
कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष विवेक दुलाल क्षेत्री दमक, सस्थाका भाषा प्रमुख जिरन थुलुङ्ग, युवा व्यावसायी तथा सर्जक जे सागर , कवि प्रज्वल अधिकारी आदिलाई प्रमुख अतिथिसहितलाई आयोजकले दोसल्ला ओढाएर “सगरमाथा साधना सम्मान-२०२२’ बितरण गरेको थियो भने इजरायलमा कार्यरत सुनिता राईको नवीन कृति ‘तिउरी’ र वसन्तराज अज्ञातको ‘साँझको जून’को लोकार्पण गरिएको थियो ।