-प्रकाश दिप्साली राई
नडाहा । धनकुटाको चौबिसे गाउँपालिकामा कला, साहित्य तथा साँस्कृतिक समाजको कार्यालय हिजो उद्घाटन गरिएको छ । विगत लामो समयदेखि चौबिसे गाउँपालिकामा रहेर साहित्य सिर्जनामा समर्पित कला साहित्यसेवीहरुलाई गोलबद्ध बनाउने उदेश्यका साथ सो समाजको स्थापना गरिएको हो ।
समाजको कार्यालयको हिजो कार्यक्रमका प्रमुख अतिथि चौबिसे गाउँ पालिकाका अध्यक्ष राजकुमार चेम्जोङ र उपाध्यक्ष टंकमाया मगर ज्यूबाट संयुक्त रुपमा उद्घघाटन गरिएको हो । चौबिसे गाउँपालिका कार्यालयको सभा हलमा सन्चालन गरिएको सो कार्यक्रममा पालिकाकै भवनमा रहेको एक कोठालाई समाजको कार्यालयको रुपमा पालिकाले उपलब्ध गराएको हो भने कार्यालयको निम्ति आवश्यक फर्निचरका सामाग्रीहरु पनि उपलब्ध गराएको छ । साथै शुक्रबारकै दिनबाट समाजको कामकाज सन्चालनमा ल्याइएको समाजका अध्यक्ष आधुनिक देवानले जानकारी दिएका छन् ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले भौतिक पूर्वधार र सामाजिक, शैक्षिक विकास, साथै खेलकुद, पर्यटन विकाससँगै कला, साहित्य तथा मौलिक लोक संस्कृतिहरुको प्रवर्द्धन गर्दै चौबिसेलाई जुरुक्कै उठाएर लैजान जस्तोसुकै परिस्थितिमा पनि आफु तत्पर रहेको बताए ।
कार्यक्रममा चौबिसे गाउँपालिकाको आठओटै वडाका वडा अध्यक्षहरु, राजनितिक दल, स्थानीय बुद्धिजीवि, समाजसेवी, प्रशासन, शिक्षक, कर्मचारी र कलाकारहरुको सहभागित रहेको थियो समुदघाटन कार्यक्रममा गायक मदन चेम्जोङ र देबेन्द्र चेम्जोङले गायन, अनुस्का कणेँलले नृत्य प्रस्तुत गरेका थिए त्यसैगरी बाँसुरीवादक बिरु बिशालले बाँसुरीको धुन (अलाप) श्रवण गराएर कार्यक्रमलाई आकर्षक बनाएका थिए ।
उसो त चौबिसेको सिर्जनात्मक इतिहास हेर्ने हो भने यो कला र साहित्यको उर्वर भूमिको रुपमा लिइने गरिन्छ । तुलसी पराजुली, दिवा चेम्जोङ, प्रेमा चेम्जोङ, हृदय लिम्बू, पन्च विस्मृत, कविन तुम्बापो, ले, धनुष चेम्जोङ, पवि याङ्फु यादित श्रीमान् लिम्बु (अशोक किरात , ध्रुव गाउँले, डम्बर थेगिम, रमेश ढुङ्गाना ,पछिल्लो संम्रचना अनुसार सागुरीगढी गापा ), सोल्टिनी सुसिला गुरुङ, श्रीमान खजुम लगायत जस्ता सर्जकहरुको भूमिको रुपमा लिने गरिन्छ ।
कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष कवि दिवा चेम्जोङ राखेका थिए भने समाजका सचिव कवि कबिन तुम्बापोले कार्यक्रम सन्चालन गरेका थिए ।