इन्जिनमा आगाे लागेपछि युनाइटेड एयरलाइन्सका २४ विमान ग्राउण्डेड
काठमाडाैं– अमेरिकाको डेन्भरबाट उडे लगत्तै इन्जिनमा समस्या आएर आगलागी भएपछि अमेरिकाको युनाइटेड एयरलाइन्सले आफ्ना २४ विमान ग्राउण्डेड गरेको छ। शनिबार बोइङ्ग ७७७ विमान उडान भरेपछि दायाँतर्फको इन्जिनमा आगलागी भएको थियो। त्यसपछि सो संस्करणका २४ विमान ग्राण्डेड गरिएको युनाइटेड एयरलाइन्सले जनाएको छ। २३१ जना यात्रु र चालक दलका १० सदस्यसहित उडान भरेको विमानको विमानस्थलमै आकश्मिक अवतरण गरिएको थियो।...