दक्षिण कोरियाद्वारा कोरोनाविरुद्धको खोप सञ्चालन
सउल – दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेको ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको बताइएको छ । अस्ट्राजेनेका कम्पनीद्वारा निर्माण गरिएको सो खोप पहिलो चरणमा ६५ वर्षभन्दामुनिका कोरियाली स्वास्थ्यकर्मी तथा नर्सिङहोमका कर्मचारीलाई लगाइने यहाँको स्वास्थ विभागले जनाएको छ । पहिलो चरणको कार्यक्रमअन्तर्गत सो खोप कोरियाको एसके...