April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

विश्वको दोस्रो अग्लो हिमाल केटूको आरोहणमा गएका तीन आरोहीको मृत्यु

2.7K

काठमाडौँ– विश्वको दोस्रो अग्लो हिमाल केटूको आरोहणमा गएका तीन जना आरोहीको मृत्यु भएको पाकिस्तान सरकारले जनाएको छ ।

यसै महिनाको अन्तिमतिर केटुको आरोहणमा गएका पाकिस्तानी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलीका जुहाल पाब्लो मोहर अझै बेपत्ता रहेकाले उनीहरूलाई पाकिस्तानले मृत घोषणा गरेको हो ।

पाकिस्तानी मौसम विभागका अधिकारीहरूले खराब मौसम र लगातार हिमपात भइरहेका कारण सम्पर्कविहीन भएकाहरूको खोजी गर्न समस्या परेको बताएको अनर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

Advertisement

ती नागरिक यही फेब्रुअरी ५ मा सम्पर्कविहिन भएका थिए । केटू हिमाललाई संसारकै सबैभन्दा खतरनाक मानिन्छ ।

हराइरहेका आरोही केटूको चुचुरोमा पुगेर फर्किने क्रममा दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।