November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतसँग गलवानमा भएको भिडन्तमा चार चिनियाँ सैनिक मारिएको दाबी

4.4K

काठमाडौं- गत वर्षको जुनमा भारत र चीनका सैनिकबीच उद्दाख घाँटीको गल्वान क्षेत्रमा भएको झडपमा परी ४ जना चिनियाँ सैनिकको मृत्यु भएको खुलेको छ।

चीन सरकारले उक्त झडपमा ज्यान गुमाएका चिनियाँ जनमुक्ति सेनाका चार जनालाई शुक्रबार मरणोपरान्त सम्मान गरेपछि उनीहरूले ज्यान गुमाएको खुलासा भएको हो।

चिनियाँ सञ्चारमाध्यमलाई उल्लेख गर्दै बिबिसी हिन्दीले  चेन होङजुन, चेन सियाङरोङ, सिआओ सियुआन र  वाङ चौरानले सहमतिलाई तोडेर सीमा अतिक्रमण गरेका विदेशी सेनासँगको झडपमा ज्यान गुमाएकाले मरणोपरान्त सम्मान गरिएको जनाएको छ।

Advertisement

गत जुनमा गल्वान उपत्यकामा भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। झडपमा चिनियाँ पक्षतिर पनि हताहती भएको हुनसक्ने आशंका गरिएको थियो । तर, बेइजिङले औपचारिक जानकारी दिएको थिएन।

झडपपछि भारत र चिनियाँ सैनिकका बिचमा कूटनीतिक वार्ता र झडपको क्रममा चलिरहेको छ।