November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

विकासोन्मुख राष्ट्रलाई खोप खरिदका लागि ४ अर्ब डलर दिँदै बाइडेन प्रशासन

3.2K

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन विकासोन्मुख राष्ट्रहरुका लागि कोभिड–१९ को खोप खरिद गर्न ४ अर्ब डलरको घोषणा गर्ने भएका छन्। बाइडेनले आज उक्त घोषणा गर्ने योजनामा रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। 

अमेरिकाले सयुक्त राष्ट्र संघलाई २ अर्ब डलरको योगदान गर्ने छ। सयुक्त राष्ट्र संघको कार्यक्रम अन्तर्गत विपन्न देशहरुलाई खोप प्रदान गरिने जानकारी बाइडेन प्रशासनका वरिष्ठ अधिकारीले दिएका छन्।

अमेरिकी कंग्रेसले गत डिसेम्बर महिनामै रकम छुट्याई सकेको छ। अमेरिकाले ग्याभि मार्फत खोप गरिव मुलुकहरुलाई प्रदान गर्ने छ। कंग्रेसले कूल ४ अर्ब डलर प्रदान गरि सकेको छ भने अधिकारीले यस बर्ष र २०२२ सम्म प्रदान गर्ने जनाएका छन्।

Advertisement

बाइडेनले समूह ७ (ग्रुप अफ सेभेन)का नेताहरुसँग भएको भर्चुअल बैठकमा घोषणा गर्न चाहन्थे तर अमेरिकाकै जनतालाई खोप पुगी नसकेको अवस्था रहेको छ। यद्यपि गरीब राष्ट्रहरुमा अवस्था अझै खराब छ।