November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

यूपी सरकारले अयोध्याका लागि १४० करोड छुट्यायो

२०७७ फाल्गुन १०

3.7K

काठमाडाैं– भारतकाे उत्तर प्रदेश (यूपी) सरकारले अयोध्या मर्मतका लागि १४० कराेड बजेट छुट्याएकाे छ।

यूपी सरकारका अर्थमन्त्री सुरेशकुमार खन्नाले सोमबार योगी सरकारको पाँचौं बजेट प्रस्तुत गर्दै अयोध्यास्थित सूर्यकुण्डको विकासलगायत आसपासका सहरकाे विकासका लागि १४० कराेड बजेट घाेषणा गरेका हुन्।

यता लखनउमा राष्ट्रिय प्रेरणा स्थल निर्माणका लागि ५० करोड छुटाइएकाे छ। 

Advertisement

यस्तै काेराेना भ्याक्सिनका लागि ५० कराेड छुट्याइएकाे छ। भारतमा कोरोना भाइरस संक्रमितकाे संख्या तिब्र गतिमा बढ्दै गइरहेकाे छ।

आइतबारसम्म भारतमा एक करोड १० लाख बढीमा काेराेना संक्रमण पुष्टि भइसकेकाे छ।