ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएको तथ्य सार्वजनिक
वासिङ्टन – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाउनु भएको तथ्य सार्वजनिक भएको छ । उहाँहरुले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएकै बेला गत जनवरीमा खोप लगाउनु भएको तथ्य अहिले मात्रै सार्वजनिक भएको हो । चिकित्सकहरुको सल्लाहमा नै ट्रम्प दम्पतीले त्यतिबेला नै खोप लगाउनु भएको उहाँका सल्लाहकारले सोमबार जानकारी दिएका छन् ।...